डाँका पक्राउ

२५ मंसिर २०६९, सोमबार १९:३१ मा प्रकाशित

काभ्रे, २५ मंसिर । डकैती कार्यमा संलग्न ललितपुर जिल्ला भारदेउपुर–६ बस्ने २६ बर्षीय श्याम तामाङ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले डकैती गरेको नगद ६१ हजार ७ सय रुपैयाँ, थ्रीनटथ्री राईफलको गोली ४ राउण्ड, चाँदीको ब्रासलेट १ थान, औंठी १ थान, मोवाइल ५ थान र विभिन्न सिक्का १ सय ५३ थान समेत बरामद गरेको दाबी गरिएको छ ।
च्यासिङखर्क–६ बस्ने मानबहादुर तामाङको घरमा मंसिर आइतबार साँझ ८÷९ जनाको संख्यामा पुगेका व्यक्तिहरुले डकैती गरेको भन्ने सूचना प्राप्त भएको आधारमा ईलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी खोपासी र ढुङखर्कबाट खटिएको प्रहरी टोलीले नाकाबन्दी गरी खोजतलास गर्दा उनीहरुलाई उक्त सामानसहित पनौती नगरपालिका–१३ सलेम भन्ने स्थानमा फेला पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार