फ्रान्सका सैनिक सहचारी र प्रधानसेनापतिबीच भेटवार्ता

२५ मंसिर २०६९, सोमबार १९:२६ मा प्रकाशित

काठमाडौं, २५ मंसिर । प्रधानसेनापति गौरव शम्शेर जबरा र नेपाल भ्रमणमा रहेका नेपालका लागि फ्रान्सका नवनियुक्त गैरआवासीय सैनिक सहचारी कर्णेल बेन्डिक्ट स्मिथबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो जंगी अड्डामा दुई अधिकारीबीच शिष्टाचार भेटवार्ता भएको भनिए पनि विस्तृत सार्वजनिक गरिएको छैन ।
गत शनिबारदेखि नेपाल भ्रमणमा रहेका स्मिथले सोमबार बिहानै शिबपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका थिए । भ्रमणको सिलसिलामा स्मिथले अपरान्ह जंगी अड्डामा सैनिक समाचार निर्देशकसँग समेत भेटवार्ता गरेका थिए । भोली मंगलबार उनको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । स्मिथको बुधबार फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार