प्याकेजमा सहमति खोजिने पौडेलको भनाई

२५ मंसिर २०६९, सोमबार १७:५६ मा प्रकाशित

चितवन, २५ मंसिर । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्याकेजमै सहमति हुनु पर्ने बताएका छन् । उनले प्याकेजमा सहमति नभएसम्म वर्तमान प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
सबै समस्याको हल प्याकेजमै गर्नुपर्नेमा जोड दिदै उनले भने, ‘काँग्रेस र एमालेले माग गर्दैमा प्रधानमन्त्रीले राजीनामा आउदैन ।’
गैँडाकोटमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाओवादीका पोलिटब्यूरो सदस्यसमेत रहेका पौडेलले राजनीतिक सहमतिका आधारमा सबै समस्याको हल गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा जारी सङ्कट समाधानका लागि एमाओवादी लागिपरेको भन्दै पौडेलले वर्तमान सरकारमै काँग्रेस, एमालेसहितका दलहरू सहभागी भएर राष्ट्रिय सहमतिको सरकार बनाउनु उपयुक्त हुने धारणा राखखे ।
उनले काँग्रसे र एमालेलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिन आफूहरू तयार रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

आजको प्रमुख समाचार