माहुरीले गरायो विद्यालय बन्द

२५ मंसिर २०६९, सोमबार १७:४९ मा प्रकाशित

बुटवल, २५ मंसिर । माहुरीले विद्यालय बन्द गरायो भन्दा पत्यार नलाग्न सक्छ । तर, रुपन्देहीमा त्यस्तै भएको छ । रुपन्देहीको पश्चिम अमुवास्थित जनता माविमा माहुरी आतंकले सोमवार वद्यालयको सम्पूर्ण पठन पाठन बन्द भएको छ ।
विद्यालय प्राङ्गगण भित्र बरको रुखमा रहेको माहुरीको घारमा विहान चिलले माहुरीको बच्चालाई ठुगी खान खोज्दा माहुरीहरु अनियन्त्रित भई विद्यार्थीहरुलाई आक्रमण गर्न थालेपछि पठनपाठन बन्द गर्नुपरेको विद्यालयले जनाएको छ ।
विद्यालय प्राङ्गणभित्र माहुरीका ७ वटा घार रहेका छन् । माहुरीलाई अन्यत्र सार्न प्रयास भइरहेको विद्यालयका शिक्षक हरिद्वार गुप्ताले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।