‘चुनावका लागि तयारी अवस्थामा सरकार’

२५ मंसिर २०६९, सोमबार १६:३४ मा प्रकाशित

काठमाडौ, २५ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार चुनावका लागि तयारी अवस्थामा रहेको त्यसका लागि युद्धस्तरमा लागि रहेको जानकारी दिए । उनले दलहरुबीच सहमति हुनेबित्तिकै संबिधानसभाको दोस्रो चुनावका लागि तयारी अघि बढने बताए ।
अन्तर्रार्ष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग कार्यालयमा भएको कार्यक्रममा प्रम भट्टराईले दलहरुबीच चाँडै सहमति हुने आशा समेत व्यक्त गरे । उनले दलहरुबीच छलफल जारी रहेको जानकारी गराउँदै भने, ‘देशले चाँडै निकास पाउँछ ।’
सरकारले आन्तरीकरुपमा चुनाबको लागि तयारी गरिरहेको जानकारी दिए । उनले मानवअधिकार रक्षाको लागि सरकार प्रतिबद्ध रहेको बताए । ‘आयोगले सिफारीश गरेअनुसार सरकारले मानवअधिकार रक्षाको काम गरिरहेको प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।