केही हप्तामा सहमति हुन्छः प्रधानमन्त्री भट्टराई

२५ मंसिर २०६९, सोमबार १६:१३ मा प्रकाशित

काभ्रेपलाञ्चोक, २५ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले केही हप्ता भित्रमै दलहरुबीच सहमति बनेर सहमतिको सरकार गठन हुने बताएका छन् । सरकार गठनपछि  वैशाख महिना भित्रै संविधानसभाको चुनाव हुने प्रधानमन्त्री भट्टराईको भनाइ छ ।
काभ्रेको धुलिखेलमा काठमाण्डौ विश्व विद्यालयको १८ औ दिक्षान्त समारोहमा आज बोल्दै प्रधानमन्त्रीले भट्टराईले मुलुकको निकास बाह्य शक्तिले नभएर दलहरुले नै दिनुपर्ने भएकाले दलहरु एक ठाउँमा आएर मिल्नुको विकल्प नभएको बताए । संक्रमणकाललाई लम्विदै जादा भावि पुस्तालाई समेत असर पुग्ने भएकाले छिटो भन्दा छिटो निकास दिन आफू तयार रहेको प्रधानमन्त्रीको भनाइ छ ।  प्रधानमन्त्री भट्टराईले युवा पलायन रोक्न राज्यले ठोस रणनीति बनाउ लागेकाले युवा वर्गले  राष्ट्रियतालाई आत्मा साथ गर्न सके मात्रै देशको विकास हुने बताउए । प्रधानमन्त्री भट्टराईले गुष्ण्स्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनका लागि विश्वकविद्यालयले खेलेको भुमिका उल्लेखनिय भएको बताउए ।
यसैबीच काठमाण्डौँ विश्व विद्यालयको दिक्षान्त समारोहमा  स्नातकोत्तर तह र सो भन्दा माथिकासहित ११ सय ३५ जना विद्यार्थीलाई आज दिक्षित  गर्ने कार्यक्रम छ ।  केयुले पहिलो पटक एमसिएच र जिएम उत्तिर्ण गरेका तीन जना विद्यार्थीहरुलाई उपाधिसमेत दिन लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

आजको प्रमुख समाचार