त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा

११ जेष्ठ २०७९, बुधबार १३:१६ मा प्रकाशित

काठमाडौं । वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा दिएको पाइएको बताएका छन् ।

 

पार्कको १६६ रोपनी जग्गामध्ये ५० रोपनी जग्गा मासिक प्रतिरोपनी नौ हजार १५० पाउने गरी फनपार्क निर्माणका लागि निजी कम्पनीलाई दिएको पाइएको उनले जानकारी दिए । वार्षिक ५४ लाख मात्र आउने गरी २० वर्षको लागि सम्झौता गरिएको यो घटनाको छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्रीसँग माग गरेको मन्त्री श्रेष्ठले सुनाए ।

सरकारी जग्गा कौडीको भाउमा भाडामा लगाएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मन्त्रालयले निरन्तर काम गर्ने भएको छ । त्रिभुवन पार्क स्मारक समितिले सो जग्गा एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एन्ड ट्रेड कन्सर्टलाई अवैध प्रक्रियाबाट भाडामा दिएको जनाइएको छ ।

पार्कको मन्त्री श्रेष्ठ, सचिव मदन कोइराला र आयोजना प्रमुख विष्णु भण्डारीले अवलोकन गरेका छन् । सस्तो दरमा जग्गामा भाडामा लिएको कम्पनीले पार्क क्षेत्रमा व्यवसाय सञ्चालन गरेको अवलोकनका क्रममा भेटिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अति भएको भन्दै सरकारको विरोध गरेका छन् । प्रतिनिधि

पोखरा । ‘कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् । कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन्

काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन् । आइतबारदेखि काठमाडौंमा सुरु