आन्दोलनको विकल्प देखिएन : कार्यदल

२५ मंसिर २०६९, सोमबार १६:०३ मा प्रकाशित

काठमाडौ, २५ मंसिर । सरकार विरोधी आन्दोलनको खाका तयार गर्ने कांग्रेस एमाले लगायतका दलले गठन गरेको कार्यदलले आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ । कार्यदलको बैठकले सत्तारुढ दल एकीकृत नेकपा (माओवादी)  विभिन्न बखेडा झिकेर सहमति गर्न नखाजेको निष्कर्ष निकालेको छ ।
कार्यदलको बैठक आज बसेको थियो । बैठकले वार्ता र संवादबाट सहमति खोज्ने लामो प्रयासलाई सत्तारुढ दल एमाओवादी र मधेसी मोर्चाले लत्याएकाले अब वार्ता नभई आन्दोलनमा जानुपर्नेमा प्रतिपक्षी दलका शीर्षस्थ नेतृत्वलाई आग्रह गर्ने भएको हो ।
बैठकपछि कार्यदलका सदस्य तथा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य रघुजी पन्तले प्रतिपक्षी दलहरु वार्ता र संवादका माध्यमबाट राष्ट्रलाई निकास दिनका लागि चाँडो राष्ट्रिय सहमतीको सरकार गठन गर्नुपर्नेमा जोड दिँदासमेत त्यसलाई लत्याएर एकपछि अर्को बखेडा झिक्ने सत्तारुढ दलविरुद्ध आन्दोलनमा जानुपर्ने ठहर गरिएको जानकारी दिए । उनले सत्तारुढ दल एमाओवादीले राष्ट्रिय सहमतीय सरकारको नेतृत्वका लागि उम्मेदवार चयन गर्न गरेको आग्रहबमोजिम प्रतिपक्षीले नेपाली काँगे्रसका सभापतिलाई अघि सारेको अवस्थामा पनि सहमति हुन नसकेपछि अब आन्दोलनको विकल्प नभएकोमा जोड दिए ।
कार्यदलले मङ्सिर महिनाभित्रै प्रतिपक्षी दलमा सम्मिलित नेपाली काँगे्रस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीलगायतको बैठक बसेर आन्दोलनको स्वरुप निर्धारण गर्नुपर्ने सुझावसमेत दिएको छ ।
सत्तारुढ दल राष्ट्रपतिले दिएको पछिल्लो ६ दिनको समयसीमाभित्र पनि कुनै सहमति नगरेर यही सरकारलाई निरन्तरता दिने मनस्थितिमा रहेको भन्दै कार्यदलले अब कडा आन्दोलन थाल्नुको विकल्प नभएको र त्यसका लागि आवश्यक गृहकार्य गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार