नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

११ जेष्ठ २०७९, बुधबार १३:१० मा प्रकाशित

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले पुरुष खेलाडीको सबै ग्रेडमा समान १० हजारका दरले बढाउने र महिलातर्फ ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाउने निर्णय गरेको हो ।

पुरुषतर्फ यसअघि ए ग्रेडका खेलाडीले ५० हजार, बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका पुरुष खेलाडीले ३० हजार पाउँदै आएका थिए । अब बढेको तलब अनुसार पुरुष तर्फ ए ग्रेडका खेलाडीले ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, महिलातर्फ यसअघि सी ग्रेडका महिला खेलाडीले १० हजार,  बी ग्रेडका खेलाडील १२ हजार तथा ए ग्रेडमा रहने खेलाडीले यसअघि १५ हजार पाउँदै आएका थिए । नयाँ पारिश्रमिकअनुसार ए ग्रेडका खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमस: १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।

साथै क्यानले मैदानका सम्पूर्ण कर्माचारीहरुको तलब ३ हजारका दरले बढाएको छ भने मैदान कार्यलय सहयोगीको मासिक ५ हजार र टियु पिच क्विरेटरको तलब मासिक ६ हजारको दरले बृद्धि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अति भएको भन्दै सरकारको विरोध गरेका छन् । प्रतिनिधि

पोखरा । ‘कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् । कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन्

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेका छन् । गृहमन्त्रालयमा आज बिहान भएको