जिल्ला समन्वय समिति नुवाकोटको अध्यक्षमा पौडेल

१० जेष्ठ २०७९, मंगलवार १६:०९ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जिल्ला समन्वय समिति नुवाकोट गठन गर्ने तयारी थालेको छ । समितिको अध्यक्षमा रामचन्द्र पौडेल (सागर) लाई बनाउने गृहकार्यमा माओवादी केन्द्र जुटेको हो । १२ स्थानीय तह भएको जिल्लामा बहुमत जनप्रतिनिधि माओवादी केन्द्रले जितेको छ । त्यसैले जिल्ला समन्वय समिति गठनको गृहकार्यमा माओवादी केन्द्र लागेको हो ।

माओवादी केन्द्रले बिदुर नगर इन्चार्ज तथा सहिद परिवार पौडेललाई समितिको अध्यक्ष बनाउने तयारी गरेको बुझिएको छ । उनी जनयुद्धका घाइते तथा सहिद बिमला पौडेलका दाजु हुन् । बिदुर नगरपालिका–१२ चारघरे निवासी पौडेल जिल्ला सिनियर नेता हुन् । समन्वय समिति गठनका लागि माओवादी केन्द्रको बहुमत भए पनि उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर