मेयर नबन्दै पाेखराका धनराज आचार्यले मागे संघीय सरकारबाट बजेट

१० जेष्ठ २०७९, मंगलवार १५:०३ मा प्रकाशित

पाेखरा । एमालेले आफ्नाे गढ दाबी गरेका पाेखरा महानगरपालिकाका वडाहरूकाे मत गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडामा करिब दाेब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडा आइपुग्नुअघि केही मतले मात्र धनराज आचार्यले अग्रता लिएका थिए । सबैकाे ध्यान यिनै वडाहरूमा थिए कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ ।

यस्तै अन्याेलका बीच गठबन्धनबाट मेयर उम्मेदवार धनराज आचार्य आइतबार काठमाडाैं गए । पाेखराका प्रमुख याेजनाहरू संघीय सरकारलाई बुझाए । विशेषगरी ल्यान्डफिल साइट स्थानान्तरण गर्न उनकाे माग छ । निर्माणाधीन पाेखरा अन्तराष्ट्रिय विमानस्थल चल्न ल्यान्डफिल हटाउनु पर्ने पहिलाे सर्त छ ।

अघिल्ला जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गर्न नसकेकेा ल्यान्डफिल सार्ने याेजनामा अहिले गठबन्धनका उम्मेदवारले पहिलाे चासाे दिए । त्यहाँबाट ल्यान्डफिल सार्न आवश्यक बजेट मागेकाे आचार्यले बताए । `पाेखराकाे प्रमुख चिन्ता ल्यान्डफिल हाे । याे सार्नुपर्छ,´ उनले भने, `अहिले संघ सरकारले बजेट बनाउँदै छ। यहि वर्ष बजेट नहाले ढिलाे हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएकाे छु ।´

उनले पाेखरालाई पर्यटकीय राजधानी घाेषणाकाे माग राखेर आएका छन् । `पाेखरा पर्यटनकाे राजधानी हाे । माैखिक रुपमा सबैले भनेका छन् तर आधिकारिक घाेषणा किन नगर्ने ?´ उनी भन्छन्, `यसपालि नीति तथा कार्यक्रममा याे एजेण्डा राख्नुपर्छ भनेकाे छु । सायद सम्बाेधन हुन्छ ।´ पाेखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण काठमाडाैं पुगेर बजेट छुट्याउन आग्रह गरेकाे उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनकाे अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका