
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा एक वर्षको अवधिमा भित्रिएकोभन्दा ७० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास यसवर्षको पहिलो दश महिनामा भित्रिएको भन्सार विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष नेपालले भारतबाट १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरेको थियो ।
विभागले आज सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो दश महिनामा भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरिएको छ ।
सोही अवधिमा ५४ अर्ब ८३ करोड ९६ लाख ६ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ ।
२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा भारतबाट नेपालले ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको खाना पकाउने एलपीजी ग्यास आयात गरेको विभागले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । युक्रेनको सेनाले आफ्नो पूर्वी सहर लिसिचान्स्क अब रुसी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । ‘युक्रेनी रक्षा बलहरू
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको
काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको