एमालेको केन्द्रीय समितिको बैठक सुरु

२५ मंसिर २०६९, सोमबार १६:०२ मा प्रकाशित

काठमाडौ, २५ मंसिर ।  नेकपा एमाले केन्द्रीय समितिको बैठक आजबाट सुरु भएको छ । पार्टी कार्यालय बल्खुमा सुरु भएको बैठकमा राजनीतिक संकट समाधान र पार्टीका आन्तरिक विषयमा छलफल भइहरेको छ । केन्द्रीय समिति बैठकका लागि हिजो बसेको स्थायी समितिले ९ वटा एजेण्डा तयार गरेको थियो । केन्द्रीय समिति बैठकमा अघिल्लो केन्द्रीय कमिटी बैठक यता पोलिटब्युरो र स्थायी समितिले गरेका र्निणयको अनुमोदन, अध्यक्ष खनालको राजनीतिक प्रतिवेदन, संविधानसभाको मुल्याङकन, जिम्मेवारी हरफेर, मनोनयन र पदर्पूति, संगठन विभागको प्रस्ताव सहितका ९ वटा एजेण्डामा छलफल भइहरेको सचिव युवराज ज्ञवालीले जानकारी दिए । जनजाति बाहुल्य हुने गरी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङसहित १४ जनासम्म केन्द्रीय सदस्य मनोनयन गर्ने तयारी गरेको एक नेताले जानकारी दिए । अध्यक्ष झलनाथ खनालको १२ पेज लामो राजनीतिक प्रस्ताव छलफलको मुख्य एजेण्डाका रुपमा रहेको सचिव ज्ञवालीले बताउनुभयो । अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनमा सरकार गठन, एमालेको भूमिका, निर्वाचन र आन्दोलनका विषयमा उल्लेख गरिएको छ ।
निर्वाचन र आन्दोलनलाई सँगै लैजाने गरी बैठकले आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्नेछ । नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार गठन सम्भव नभएकाले त्यसको विकल्पका एमालेको नेतृत्व हुने गरि बैठक बैठकमा छलफल हुने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार