क्वाड सम्मेलनः एसिया-प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर लगानी गरिने

१० जेष्ठ २०७९, मंगलवार १३:३५ मा प्रकाशित

टोकियो । जापान, अमेरिका, भारत र अस्ट्रेलियाले एसिया–प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर बराबरको रकम लगानी गर्ने भएका छन् ।

जापानको राजधानी टोकियोमा जारी क्वाड शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमिओ किसिदाले सो जानकारी दिएका हुन् । ‘हामी आगामी पाँच वर्षमा इन्डो–प्यासिफिक क्षेत्रमा सञ्चालित परियोजनाहरूलाई सहयोग गर्न ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने लक्ष्य राख्छौं’, प्रधानमन्त्री किसिदाले भने ।

क्वाड सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्टे«लियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी अल्बानिज टोकियोमा छन् । –

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ

काठमाडौँ । पछिल्ला केही दिनहरूमा, विश्वले अन्तर्राष्ट्रिय सीमा पार गर्न खोज्ने आप्रवासीहरू संलग्न दुई ठूला विपत्तिहरू देख्यो । शुक्रबार, मोरक्कोलाई

कोपनहेगन । डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । बन्दुकको गोली लागेर

काठमाडौँ । खानी मजदुरको खोजीमा खटिएका सुरक्षाकर्मीमाथि बन्दुकधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा ३० जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।