मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छः डब्लूएचओ

१० जेष्ठ २०७९, मंगलवार १२:१६ मा प्रकाशित

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ । भाइरसका १०० भन्दा बढी केसहरू युरोप, अमेरिका र अष्ट्रेलियामा पुष्टि भएको छ । भाइरसका कारण शरिरमा फोका र ज्वरोलगायतका लक्षण देखिन्छन् ।

अहिलेसम्म १६ देशमा संक्रमण फैलिएको छ र यो अझै बढ्ने अनुमान गरिएको छ । तर, विज्ञहरू ठूलो जनसंख्याको लागि यसको समग्र जोखिम धेरै कम रहेको बताउँछन् । मध्य तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो संक्रमण धेरै देखिएको छ । ‘यो नियन्त्रणयोग्य अवस्था हो’, डब्ल्यूएचओको मारिया भान केरखोभले एक पत्रकार सम्मेलनमा भनिन् ।

‘हामी मानिसबाट मानिसमा सर्नबाट रोक्न चाहन्छौँ ’, युरोप र उत्तरी अमेरिकामा हालै देखिएका केसहरूलाई संकेत गर्दै उनले भनिन् । अफ्रिकाबाहिर १६ देशमा यो भाइरस भेटिएको छ ।

५० वर्षमा अफ्रिका बाहिर सबैभन्दा ठूलो प्रकोप भएता पनि मंकीपक्स मानिसमा सजिलै फैलिँदैन र विज्ञहरूले यसको जोखिम कोभिड भाइरस महामारीसँग तुलना गर्न नसकिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेनको सेनाले आफ्नो पूर्वी सहर लिसिचान्स्क अब रुसी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । ‘युक्रेनी रक्षा बलहरू

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

आजको प्रमुख समाचार