‘भारतीय दलाल बनेर बाबुरामले देशलाई धोखा दिए’

२५ मंसिर २०६९, सोमबार १५:३५ मा प्रकाशित

अर्घाखाँची, २५ मंसिर । नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले पुष्पकमल दाहाल र बाबुराम भटराईले भारतीय दलाल बनेर देशलाई धोखा दिएको आरोप लगाएकी छिन । उनले पार्टीको केन्द्रीय महाधिवेशनपछि त्यसको विरोध गर्दै जनतन्त्रको पक्षमा सडक आन्दोलन गर्ने तयारी रहेको खुलासा पनि गरिन् ।
आज सन्धिखर्कमा पत्रकार सम्मेलनमा  भुसालले असफल भयसकेका तीन दल र केही मधेशी दलका नेतालाई मात्रै राष्ट्रपतिले सहमतिको लागि गरेको आव्ह्रानप्रति आपत्ति जनाउँदै ९१ सभासद लिएर विभाजन भएको मुलुकको तेस्रो शक्ति माओवादीलाई वाईपास गरेमा सडक आन्दोलनमा उत्रिने दावी गरिन् ।
जनयुद्धको मर्म र भावनालाई कुल्चेर उनीहरुले प्रतिक्रान्ति गरेकाले विभाजन भएको हौं, प्रवक्ता भुसालले भनिन, ‘अब सडक संघर्ष गर्छौं । बाबुराम र दाहालले यसरी हामीलाई धोका देलान भन्ने सोचेका थिएनौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो