२८ हजार तिर्न नसक्दा कुवँर जेल चलान

२५ मंसिर २०६९, सोमबार १५:३३ मा प्रकाशित

काठमाडौ, २५ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरले धरौटी बुझाउन नसके पछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेल चलान गरेको छ ।
स्थानीय प्रशासनले आज कुँवरलाई धरौटीमा रिहाई गर्न २८ हजार रुपियाँ माग गरेको थियो । आर्थिक अभाव कमजोर रहेका कुँवरले सो रकम बुझाउ नसक्ने जनाए पछि जेल चलान गरिएको हो । जिल्ला प्रशासन कार्यालय पुर्‍याइएका उनीसँग प्रजिअ चुडामणी शर्माले २८ हजार रुपैयाँ धरौटी माग गरेका थिए ।
धरौटी रकम बुझाउन नसकेपछि उनलाई सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको छ । कुँवरका भिनाजु भिम भारतीले धरौटी बुझाउन पैसा नुहँदा कारागार चलान गरिएको जानकारी दिए ।
भारतीलाइ प्रहरीले आज बिहान पदमले हिरासतमा प्रयोग गरेका सरसामान र उनका कपडा बुझाइएको थियो । पदमले भिनाजु भिमलाई धरौटी तिरेर छुटाउन लैजान अनुरोध गरेका थिए । तर, भिमले आफूसँग पैसा नभएको बताएपछि प्रशासनले उनलाई कारागार पठाएको हो ।
एमाओवादीका पूर्व कार्यकर्ता कुँवर बाग्लुङबासी हुन् । उनले मंसिर १ गते एमाओवादीले आयोजना गरेको चियापान कार्यक्रममा मञ्चमै पुगेर दाहाललाई थप्पड हानेका थिए । दाहालले सार्जजनिकरुपमा कुावरलाई माफी दिएको बताएपछि प्रशासनले उनीसँग धरौटी मागे को हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार