कसले बाजी मार्लान् प्रहरी डीआईजीमा ? प्रहरी सरुवा–बढुवाको अन्योलले सेवाग्राही मर्कामा

२५ मंसिर २०६९, सोमबार १४:४२ मा प्रकाशित

काठमाडौं, २५ मंसिर । देशको सुरक्षा निकाय मध्येको एक नेपाल प्रहरीको आन्तरिक तथा नियमित कार्य बढुवा–सरुवा कार्यनीति रनभुल्लमा परेको छ । ‘मर्निङ सोज् दी डे’ अर्थात् विहानीले दिनको अवस्था बारे दर्शाउँछ भनिन्छ । जब प्रहरी नेतृत्व छनोट प्रक्रियामा लामो समय ‘पावर’मा रहनेहरुबाटै आ–आफ्ना अडान राखेर विलम्व गरियो त्यसको असर तलसम्म नपर्ने कुरै भएन । जसरी आफूभन्दा कनिष्ठ प्रतिस्पर्धीको चलखेलले गर्दा प्रहरी महानिरीक्षक हुन कुवेर सिंह रानालाई हम्मेहम्मे प¥यो, त्यही नीति तल्लो तहका प्रतिस्पर्धीले पनि ‘फलो’ गर्दा प्रहरीमा लामो समयदेखिको पद रिक्तता पूर्ति हुन सकिरहेको छैन । यसले गर्दा प्रहरी संगठनप्रति जनविश्वास बढाउने महानिरीक्षक कुवेरसिंह रानाको कार्ययोजनाले सफलता पाउनेमा शंका देखिएको छ ।
अरुको सुरक्षा गर्ने सुरक्षाकर्मी आफैँ खुसी छैन भने त्यसले अरुको कस्तो सुरक्षा गर्ला ? प्रहरीको नियमित र नितान्त आन्तरिक कार्यमाथि हस्तक्षेप भइदिँदा त्यसको असर सिंगो संगठनमाथि पर्न गएको छ । यतीबेला सरुवा हुनका लागि अवधि पुगेकाहरु खुट्टा उचालेर बसिदिँदा सेवाग्राहीले सास्ती भोग्नु परेको यथार्थता आफ्नै ठाउँमा छ ।
यता, आफू महानिरीक्षक भएको झण्डै तीन महिना पुग्नै लाग्दा पनि केही एसपी र डीएसपीको बाहेक कुवेरसिंह रानाले सरुवा निकाल्न सकेको अवस्था छैन भने बढुवा त मुस्कीलले पाँच डीआईजीलाई एआईजीसम्म गराउन सकेका छन् । चर्काे राजनीतिक हस्तक्षेपका कारण उनले नियमित कार्य समेत गर्न नपाइरहेको अवस्था छर्लङ्ग छ । पाँच रिक्त डीआईजीमा पनि दुई व्याचका प्रतिस्पर्धीले चलखेल तिब्र पार्दा कसकसको बढुवा सिफारिस गर्ने भन्नेमा महानिरीक्षक राना द्धिविधामा परेको बताइन्छ । यद्यपि, उनी वरिष्ठताक्रमकै पक्षमा रहेको स्रोतले बतायो ।
तर, पछिल्लो व्याचले भने मनी र मसलको प्रयोग गर्दै विभिन्न शक्तिकेन्द्रमा पुगेर जसरी पनि आफ्नो बढुवा गराउन दबाब दिँदा डीआईजी बढुवा अझै एकसाता लम्बिने अवस्था उत्पन्न भएको छ । महानिरीक्षक रानाले ‘लोत्तर’ नै भए पनि डेड वर्षे जागिरे अवधि भएका श्याम खड्का, मनोहर रिमाल, रामकुमार खनाल, रविप्रताप राणा, प्रेमबहादुर चन्द, ज्ञानोदराज बैद्य, पूर्णसिंह खड्का र राजबहादुर विष्ट मध्येबाटै पाँँच जनाको बढुवा गर्ने मनस्थिति बनाउनु भएको बताइन्छ । तर, यो समूहका प्रायः सबै विभागिय रेकर्डमा नसियत पाएका तथा कार्य क्षमताका कमजोर भएकाले महानिरीक्षक रानालाई पनि सोच्न बाध्य गराएको हो । यद्यपि, पछिल्लो व्याचका पनि सबैलाई तान्न नसकिने हुँदा ‘काखापाखा’को आरोप लाग्ने अवस्थाबाट पनि महानिरीक्षक राना टाढै रहन चाहनुभएको देखिन्छ ।
स्रोतका अनुसार पछिल्लो व्याचका नवराज सिलवाल, प्रकाश अर्याल, बमबहादुर भण्डारी र जयबहादुर चन्द बढुवाको लाइनमा छन् । यद्यपि, यसै व्याचका अन्य क्षमतावान प्रतिस्पर्धीमा माधव नेपाल, केशरीराज घिमिरे, माधव जोशी, पंकज श्रेष्ठ, सुदिप आचार्य, गोविन्द निरौला पनि पावर प्रयोग गरेरै पनि बढुवा पाउन कम्मर कसिरहेका छन् । यसैले गर्दा पनि महानिरीक्षक रानालाई कसकसको बढुवा सिफारिस गर्ने भन्ने बारे गम्भीर अध्ययन गर्न दबाब परेको हो । सम्भवतः आगामी शुक्रबारसम्ममा गृहसचिवको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठक बस्ने र उक्त समितिले प्रतिस्पर्धीहरुको बढुवाका लागि सिफारिस गर्नेछ । यसै बढुवासँगै नेपाल प्रहरीका अन्य पदको बढुवा तथा सरुवा गाँठो फुक्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय