‘बाँध फुटे’ ठूलो क्षति हुन्छ : अध्यक्ष थापा

२५ मंसिर २०६९, सोमबार १४:०८ मा प्रकाशित

काठमाडौ, २५ मंसिर । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले वर्तमान सरकारको अन्त्य नजिकिएको दाबी गरेका छन् । परिस्थितिले नै बाबुराम–सरकारको बहिर्गमन गराउने बताउँदै थापाले भने– ‘खोला थुनेर धेरै दिन राख्न सकिन्न । च्यानलाइज गरेर पानीलाई निकास नदिने हो भने त्यसले बाँध फुटाएर आफै निकास निकाल्छ । त्यो बेला ठूलो क्षती हुने निश्चित छ ।’ थापाले गतिशील राजनीतिलाई बाबुराम र प्रचण्डले थुनेर राखेको आरोप लगाउँदै यसको परिणाम पनि खोला थुनेर राख्नुजस्तै हुने चेतावनी दिए ।
प्रमुख दलहरुवीचको सम्बन्ध बिग्रिए मुलुकको अवस्था पनि विग्रिने भन्दै उनले अहिले पहिला दलहरुबीच भएको सहमति कार्यान्वयन गर्दै नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्वम सहमतिको सरकार बनाएर अघि बढ्नु पर्ने धारणा राखे । थापाले भने– ‘पहिला पाँचबुँदे तमसुकमा सबैले हस्ताक्षर गरेकै हुन् । अहिले त्यसलाई होइन भन्न पाईदैन । सहमति कार्यान्वयन गरेर अघि बढ्नु पर्छ । लेनदेनको तमसुक भएको भए अहिलेसम्म अदालतमा मुद्दा चलेर छिनोफानो भइसक्दथ्यो ।’
अनन्त कालसम्म मुलुक यथास्थितिमा रहन नसक्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई बुद्धि दिन पशुपतिनाथसँग कामना गरे । माओवादीको अर्घेल्याइँ र सर्तमाथि सर्त थोपर्ने प्रबृत्ति नै सहमतिको बाधक बनेको दावी गर्दै उनले राष्ट्रपतिले दिएको समय–सीमाभित्र सहमति बन्न नसक्ने ठोकुवा गरे । थापाले भने– ‘सहमति अपेक्षा गरौँ तर माओवादीको कारणले नै सहमति बन्न सक्दैन । प्रधानमन्त्रीले पनि ढिट गरिरहेका छन् यो उनैका लागि अशोभनीय हो ।’
अहिलेको राजनीतिक गतिरोधको निकास निर्वाचन नै भएको उल्लेख गर्दै उनले केही दिनभित्र सहमति हुन नसके निर्वाचन हुन नसक्ने र मुलुक झनै दुर्घटनातिर जाने चेतावनी दिए । अध्यक्ष थापाले सहमतिको ढोकामा धेरै ताल्चा लागेकोले प्रमुख दलले खोलेर मात्रै अरुले ताला नखुल्ने भन्दै अहिले ताल्चा खोल्न कोहि पनि तयार नदेखिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय