लुम्बिनी पर्यटन महोत्सवमा अष्ट्रिज र हेलिकोप्टर आकर्षणको केन्द्र

२५ मंसिर २०६९, सोमबार १४:०० मा प्रकाशित

रुपन्देही, २५ मंसिर । सिदार्थनगर उद्योग बाणिज्य संघको आयोजनामा भैरहवाको सिदार्थनगर रंगशालामा जारी ल लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय ओद्योगिक व्यापार मेलामा अष्ट्रिज र हेलिकोप्टर दर्शकका लागि मुख्य आकर्षण बनेका छन् ।
विगतमा मेला महोत्सव भएता पनि भैरहवामा जारी मेलामा हेलिकोप्टर र सबैभन्दा ठुलो चरा अष्ट्रिज राखिएपछि अहिले दर्शक यसमै केन्द्रीत भएको छ । मेला स्थलमा दैनिक पांच हजारसम्म दर्शकले मेलामा अष्ट्रिजको अवलोकन गरेको मेला सचिवालयले जनाएको छ । त्यसैगरी सोमबारदेखि मेलास्थलमा हेलिकोप्टरबाट लुम्बिनीसम्मको दृश्यावलोकन गराउन सुरु गरिएको छ ।
गौतमबुद्ध्को जन्मस्थल विश्व पर्यटनको आकर्षक केन्द्र लुम्बिनीको प्रवेशद्धार पर्यटन, कृषि, उद्योेग र व्यापार हाम्रो आधार भन्ने नाराका साथ मेला सुरु भएको हो । मेलामा करीब तीन सय स्टल रहेका छन् ।
स्थानीय पर्यटन स्थलको प्रवद्र्धन स्वदेशी उद्योगहरुको उत्पादन तथा सेवाहरुको प्रवद्र्धन तथा प्रचार प्रसार, औद्योगिक प्रतिष्ठान र उपभोक्ताबिच प्रत्यक्ष सम्पर्क भेटघाट गराउने अवसर प्रदान गर्ने, स्थानिय स्तरको हस्तकला, घरेलु तथा कृिषजन्य उत्पादनहरुको प्रदर्शनी, नवीन प्रविधिको प्रदर्शनी, शैक्षिक जानकारी जस्ता महत्वपूर्ण उद्देश्य लिई यो महोत्सव तथा मेलाको आयोजना गरिएको आयोजकले बताएका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

आजको प्रमुख समाचार