पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा आजदेखि छनोट प्रक्रया सुरु

२५ मंसिर २०६९, सोमबार ००:३९ मा प्रकाशित

 रुपन्देही, २५ मंसिर । प्रहरी सेवामा आवेदन दिएका उमेद्वारको आजदेखि छनोट प्रकृया शुरु हने भएको छ । प्रहरी सेवाका लागि पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा आवेदन दिएकाहरु ५ हजार ३२ जनाको छनौटको प्रकृया सोमबारदेखि शुरु हुन लागेको पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी वरिष्ठ उपरिक्षक तथा तालिम केन्द्रका समादेशक कमलसिंह बमले जानकारी गराउनुभयो । प्रहरीले तालिमकेन्द्रमा पत्रकार सम्मेलन गरी छनौट प्रकृया अत्यन्त निश्पक्ष र पारदर्शी बनाईने भएकाले कसैको प्रभाव र दवावमा काम नहुने पनि दावी गरेको
छ ।
नेपाल अधिराज्यभरबाट १ हजार ५ सय जनाको लागि दरखास्त आवेदन खुलेकोमा बिराटनगरमा ६ हजार १ सय ८, भरतपुरमा ८ हजार ७ सय ६, नेपालगञ्जमा ६ हजार ३सय ३१ र दिपायलमा ३ हजार ८० जनाले आवेदन दिएका छन । समावेसी तर्फ बुटवलमा महिला ४ सय ६९, आदीवासी जनजाती १ हजार १, मधेशी ५ सय ४०, दलित ३ सय ११ र पिछडीएकोबाट १० जनाले गरी २ हजार ३ सय ११ जनाले आवेदन दिएका पनि पत्रकार सम्मेलनमा शमादेसक बमले जानकारी गराउनु भयो ।
विगतका वर्षहरुमा प्रहरी छनौट सकिएपछि मात्रै मेटीकल टेष्ट गर्ने गरेको थियो भने अहिले उमेद्वारलाई सहजताको लागि संगसंगै गर्ने निर्णय गरेबमोजिम काम गर्ने पनि जनाएको छ । परिक्षा प्रणालीलाई पारदर्शी बनाउनकै लागि फिल्डमा सिसिटिभी जडान गरीएको छ । सिसिटिभी भने बुटवलमा पहिलो पटक जडान गरिएको हो । यसले प्रहरीको पारदशीता बढाउने प्रहरी स्वयम विश्वास लिएको छ ।
पहिलो चरणको छनौट प्रकृया आगामी पुसको २४ सम्ममा सकिने र त्यसपछि पुसकै २८ सम्ममा मेडिकल टेष्ट पनि सकिने पत्रकार सम्मेलनमा जानकारी गराईयो । सो लगत्तै दोस्रो चरणको छनौटको काम शुरु गरिने जनाईएको छ ।

चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन