जापानी टोलीद्वारा परियोजना क्षेत्र भ्रमण

२५ मंसिर २०६९, सोमबार ००:३७ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही २५ मंसिर । एक जापानी टोलीले नेपाल रेडक्रस सोसाइटीद्वारा रुपन्देहीमा सञ्चालित अन्तर्राष्ट्रिय मित्रता परियोजनाको अवलोकन भ्रमण गरेको छ । जापान रेडक्रसको सहयोगमा सञ्चालित परियोजनाको क्षेत्र टिकुलीगढ गा.वि.स.को ९ वटा सामुदायिक विद्यालयहरुको अवलोकन भ्रमण, परियोजनाको प्रगती र यसको प्रभावकारीता सम्बन्धमा जापान रेडक्रसका ताडासी नाकामुरा, नोरी अराई, जुन वातानाबे र मित्सु फुजिमाकी लगायत रेडक्रस केन्द्रकाटोलीले भ्रमण तथा अबलोकन गरेको हो ।
उक्त टोलीलाई विद्यालय भ्रमण पश्चात जिल्ला शाखा रुपन्देहीमा भव्य स्वागत गरिनुका साथै एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा शाखाका सभापति निदानचन्द्र श्रेष्ठले आगन्तुक टोलीको स्वागत गर्दै जिल्ला शाखाद्वारा सञ्चालीत गतिबिधीहरुबारे प्रकाश पारेका थिए । उनले भ्रमणपश्चात जापानी रेडक्रसको स्वास्थ्य र सरसफाइको क्षेत्रमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
उक्त अन्र्तक्रिया कार्यक्रममा केन्द्रीय उपमहामन्त्री सुदर्शनप्रसाद नेपाल, उपसभापति दिपक क्षेत्री न्यौपाने, मन्त्री महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष रामचन्द्र उपाध्याय, उपमन्त्री आर मोहम्मद खाँ, उपनिर्देशक मुक्ति पोखरेल, बरिष्ठ अधिकृत शैलेन्द्र तुलाधर, फिल्ड अधिकृत महेस्वर गौतम लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार