असाममा बाढी-पहिरोः ५ सय परिवार रेलमार्गको ट्र्याकमा बस्न बाध्य

७ जेष्ठ २०७९, शनिबार १०:३२ मा प्रकाशित

असाम । भारतको असाममा बाढी र पहिरो पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको एउटा ट्र्याकमा बस्न बाध्य छन् । बाढीको पानीले नडुबेको जमुनामुख जिल्लाको एउटा गाउँका मानिसहरू ट्र्याकमा बस्न बाध्य भएका हुन् ।

हालै भीषण वर्षापछि आएको बाढी र पहिरोले उनीहरूको घर बगाएको थियो । बाढी सबै बगाइदिएपछि चङ्गजुराई र पाटिया पथर गाउँका मानिस अलपत्र परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । तिरपालमुनि अस्थायी आवासमा शरण लिएका गाउँलेहरु विगत पाँच दिनदेखि प्रदेश सरकार र जिल्ला प्रशासनबाट खासै सहयोग नपाएको गुनासो गरेका छन् । बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित छन् ।

प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित छन् । बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्लाका दुई लाख भन्दाबढी प्रभावित भएका छन् । बाढीमा ज्यान गुमाएका पीडितका परिबारलाई सरकारले जनही ४ लाख दिने यसअघि नै घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका