खेलाडी आफैं चन्दा संकलनमा

२५ मंसिर २०६९, सोमबार ००:३६ मा प्रकाशित

नवलपरासी, २५ मंसिर । आर्थिक संकलनका लागि समुह बनाएर घरघर पैसा माग्दै हिडेको हामीले राजनीतिक पार्टीका कार्यकर्ताहरुलाई त देखेकै थियौ तर खेलाडीहरु खेल खेल्न छाडेर खेल प्रतियोगिताका लागि आवश्यक सामान जुटाउन आफैं घर घर पुगेको सुन्दा आचम्म लाग्न सक्छ । नवलपरासीमा भने यस्तै भएको छ ।’
ागामी माघ १० गतेदेखि सुरु हुने शहिद स्मारक बि डिभिजन लिग फुटवल प्रतियोगीताको तयारी गरेको कोइलापानी पोलस्टार क्लव नवलपरासीले प्रतियोगीताका लागि आर्थिक अभाव भएपछि सहयोग जुटाउन घरदैलो अभियान चलाएको जिल्ला फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीले बताए ।
आर्थिक संकलन अभियानअन्तर्गत जिल्लाभित्र रहेका खेल प्रेमी, वुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यापारी लगायत सरकारी, गैरसरकारी संघ, सस्थाहरुसंग सहयोग मागेको क्लवका अध्यक्ष दर्शन भट्टराईले बताए । विगतको वर्षमा आर्थिक अभावका कारण विचमानै प्रतियोगीता छाडनु परेको
स्थितीलाई स्मरण गर्दै क्लवले यस वर्ष पुर्वतयारी गरेको कोइलापानी पोलस्टार क्लवका अध्यक्ष भट्टराइको भनाई छ ।
उपत्यका वाहिरवाट ए डिभिजनमा पुग्ने पहिलो क्लवको पहिचान वनाएको कोईलापानी पोलस्टार क्वलले विगतको ए डिभिजनमा आर्थिक अभावका कारण खेलाडी पाल्न समेत नसक्ने अवस्थालाई ध्यानमा राखेर यस वर्ष चन्दा उठाउन वाध्य भएको बताउछन क्लबका अध्यक्ष भट्टराई । आगामी बि डिभिजन खेल्ने तयारी अन्तर्गत क्लवले अहिले १७ जना खेलाडी अनु वन्धन गिरि प्रशिक्षणमा राखेको छ । साथै यहि मंसिर मसान्त देखी खेलाडीलाई वन्द प्रशिक्षणमा राखिने समेत क्लवले
जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ । आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार

काठमाडौं।सुरुवाती तीनै खेलमा पराजित भएपछि शीर्ष डिभिजनको लिगमा अहिले विभागीय एपीएफ फुटबल क्लब रेलिगेसन जोनमा छ । लगातारको हारसँगै एपीएफ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

काठमाडौं । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा