६८५ पालिकाको मत परिणाम : कांग्रेस ३०४, एमाले १८६ र माओवादी केन्द्र ११७ वटामा विजयी

७ जेष्ठ २०७९, शनिबार ०९:०० मा प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ । अहिलेसम्म ६८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २३९ नगरपालिका र ४४६ गाउँपालिका गरी ६८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस
नेपाली कांग्रेसले मेयर १२० र अध्यक्षमा १८४ गरी ३०४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२ र उपाध्यक्ष १८७ गरी २७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा एमाले
नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १२० गरी १८६ पालिकामा जितेको छ । एमालेले उपमेयर ८८ र उपाध्यक्ष १२१ गरी २०९ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्र
माओवादी केन्द्रले मेयर २१ र अध्यक्ष ९६ गरी ११७ पालिकामा प्रमुख तथा उपमेयर ३० र उपाध्यक्ष ९३ गरी १२३ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।
स्वतन्त्र र अरु दल
एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५० वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर