उत्तर कोरियामा ज्वरोबाट २२ लाख प्रभावित, हालसम्म ६५ को मृत्यु

७ जेष्ठ २०७९, शनिबार ०७:४१ मा प्रकाशित

प्योङयाङ । उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि अहिलेसम्म ज्वरोका बिरामी २२ लाख २४ हजार ६ सय १० पुगेको कोरियाको केन्द्रीय समाचार संस्था (केसीएनए) ले शुक्रबार जानकारी गराएको छ ।

यो अवधिमा चौध लाख ८६ हजार ७३० भन्दा बढी बिरामी निको भइसकेका र ६५ जनाको मृत्यु भएको बताइएको छ । उत्तर कोरियाली अधिकारीले बुधबार दिउँसोदेखि बिहीबारसम्मको २४ घण्टाको अवधिमा दुई लाख ६३ हजार ३७० व्यक्ति ज्वरोको कारण अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका बताइएको छ । यो अवधिमा देशभर दुई लाख ४८ हजार ७२० भन्दा बढी निको भएक र दुई जनाको मृत्यु भएको केसीएनएले स्वास्थ्य अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

राष्ट्रव्यापी महामारी विरोधी अभियान सुरु भएदेखि देशका बासिन्दाहरूलाई दैनिक आवश्यकता प्रदान गर्न लगभग ३० हजार अतिरिक्त सेवाकर्मी परिचालन गरिएको र झण्डै आठ हजार सेवा प्रदायक टोलीहरू स्थापना गरिएका अभियानले बताएको छ ।

उक्त रिपोर्टअनुसार ज्वरोको प्रकोपबारे सही अनुमान लगाउन र शहर तथा काउन्टीहरूमा समय समयमा कदम चाल्न राष्ट्रव्यापी प्रणाली पनि स्थापना गरिएका बताइएकोे छ ।

राजधानी शहरबाहिरका क्षेत्रहरूमा ज्वरो वा असामान्य लक्षणहरू भएका बिरामीहरूको चतुरताका साथ सामना गर्न प्योङयाङका नागरिकहरूलाई निरन्तर र तत्काल चिकित्सा सेवा प्रदान गर्न र टेलिमेडिसिन प्रणाली मार्फत् स्थानीय अस्पतालहरूलाई प्राविधिक सहायता प्रदान गर्न प्योङयाङका राष्ट्रिय अस्पतालहरू जुटेका छन् ।

राष्ट्रिय आकस्मिक महामारी रोकथाम केन्द्रले राष्ट्रव्यापी मापदण्डमा मास्क र सुरक्षात्मक कपडाको उत्पादन बढाउन कदम चालिरहेको छ र महामारी रोकथाम सामग्रीको कुल संख्याको नपुगेका र अभाव भएका क्षेत्रमा एकीकृत तरिकाले यसको प्रयोग गरिरहेको बताइएको छ । केसीएनएले मे १२ मा जनाए अनुसार मे ८ मा प्योङयाङको राजधानीमा बिरामीहरूको एउटा समूहबाट नमूनाहरू संकलन गरिएको र त्यसमा कोभिडको नयाँ स्वरूप ओमिक्रोन देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका