ट्याक्टर तथा टिपर सवारीमा रोक

२५ मंसिर २०६९, सोमबार ००:३३ मा प्रकाशित

रुपन्देही, २५ मंसिर । नवलपरासीको सुनवल गाविसका स्थानीयवासीहरुले सुनवल बजारबाट हुदै तुरिया खोलामा गीट्टी, ढुडगा, बालुवा लिन जाने ट्याक्टर, टिपरहरुले आवासीय क्षेत्रमा ध्वनी एवं वायु प्रदुषण बढाएको भन्दै बजार क्षेत्रबाट मालवाहक सवारी साधनलाई गत आज देखी चल्न रोक लगाएका छन् ।
स्थानीय तुरिया खोलाबाट ढुङ्गा, गिटी वालुवा निकाशी गर्ने वाटो अन्यत्र भए पनि ढुवानी व्यवसायिहरुले सुनवल चौरहा देखी हाट बजार क्षेत्रबाट हुदै तुरिया खोलामा टयाक्टर टीप्पर अत्यधिक गतिमा चलाउने गरेको जसले गर्दा आवासीय एवं बजार क्षेत्रमा अत्याधिक ध्वनी प्रदुषण गरेकोले स्थानियवासिहरुलाई समस्या भएको भन्दै बुधवार विहानै देखी सुनवल वार्ड नम्बर ४ र १ का स्थानियले सुनवलको हाट बजारमा जम्मा भएर टयाक्टर टीप्परलाई रोकेको बताउछन सुनवल ४ हाट बजारका स्थानियवासी घनश्याम श्रेष्ठ ।
उनले खोला जन्य बस्तुहरुको निकासीका लागि अन्यत्रबाट नै बाटो भए पनि ढुवानी ब्यावसायीहरुले मानिसहरुको समस्याको कुनै प्रवाह नगरि आफनो स्वार्थ पुरा गर्नका लागि बजार क्षेत्रबाट टयाक्टर चलाउदै आएका र बारम्बार अनुरोध गर्दा समेत अवज्ञा गरेपछि गाउले सबै जम्मा भएर ढुवानीका साधन मुख्य बजार क्षेत्रबाट चल्न नदिने निर्णय गरि टयाक्टर, टीप्पर चल्न रोक लगाएका हौ ।
ट्याक्टर तथा टिपरहरु एका विहानै तिब्र गतिमा वाटोबाट गुड्दा स्थानीयहरुले आरामसंग सुत्न समेत नपाएको गुनासो गरेका छन । स्थानीयवासीहरुले आ—आफै मिलेर रकम सकंलन गरी वनाएको पिच वाटोमा अन्यत्र स्थानका टेक्टरहरुको अनियन्त्रीत वजनका ढुवानी साधन चल्न थाले पछि स्थानिय वासी चिन्तीत भएको बताउछन स्थानीय युवा सुविन्द्र कँुवर । वर्षा याममा केही समय खोलामा बाडी आउदा मात्र छोटो समयका लागि शान्तिपूर्ण वातावरणमा टेक्टर टिपर चलाउन
स्थानिय सहमति भए पनि बर्षायाम सकीना साथ टेक्टर टिप्पर खोलाकै बाटो चलाउनु पर्नेमा ढुवानी ब्यावसायीहरुले अवज्ञा गरि ढुवानीका साधन संचालन गर्दै आएका थिए ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय