राजस्थान प्लेअफ पुग्ने तेस्रो टोली

७ जेष्ठ २०७९, शनिबार ०६:५४ मा प्रकाशित

काठमाडौँ । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ ।

शुक्रबार राति चेन्नईले दिएको १५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे । राजस्थानको जितमा यासभी जैसवालले सर्वाधिक ५९ रन बनाए । चेन्नईका प्रशान्त सोलान्कीले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १५० रन जोड्यो । चेन्नईका मोइन अलिले सर्वाधिक ९३ रनको इनिङ खेले । राजस्थानका युजभेन्द्र चाहल र ओबेड म्याककोएले समान २ विकेट लिए ।

जितसँगै राजस्थान १४ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई १४ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा छ । यस अघि प्लेअफमा लखनउ सुपर जायन्ट र गुजरात टाइटन्स पुगिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओन्टारियोलाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल