गठबन्धनका दलले काँग्रेसले भोट नहालेर हार्‍यौँ भन्न मिल्दैन : महामन्त्री थापा

७ जेष्ठ २०७९, शनिबार ०६:२५ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन दलले काँग्रेसले भोट नहालेर चुनाव हार्‍यौँ भन्न नमिल्ने स्पष्ट पारेका छन् ।

उनले गठबन्धन दलबिच चुनावी तालमेल हुँदा कतिपय ठाउँमा एकले अर्कोलाई मतदान नगरेको जस्तो देखिए पनि त्यो स्वाभाविक भएको टिप्पणी गरे ।

महामन्त्री थापाले काठमाडौँ, ललितपुरसहित केही ठाउँमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले काँग्रेसले भोट हालेन भनेर गरेको गुनासोप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकको संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दे महामन्त्री थापाले काँग्रेसले आफ्ना मतदातालाई अर्को चुनाव चिन्हमा भोट हाल्न आग्रह गरे पनि सबै मतदाताले त्यसरी मतदान नगर्नु स्वाभाविक भएको बताए ।

‘अहिले झट्ट हेर्दा काँग्रेसलाई गठबन्धनमा गर्दा खेरि अन्य पार्टीले भोट हालेको जस्तो, तर काँग्रेसले चाहिँ अन्य पार्टीलाई भोट नहालेको जस्तो देखिएको छ, तर यो स्वाभाविक हो,’ उनले भने, ‘मलाई लाग्छ यो त हुने नै थियो । किनकि हाम्रो मतदाता भनेको कम्युनिस्ट पार्टीको जस्तो कार्यकर्तामा आधारित होइन । गठबन्धन गर्दा जित्नका लागि आवश्यक मतलाई १०० प्रतिशत मान्ने हो भने हामीले गठबन्धन गरेका दलको शक्ति २० प्रतिशत भएको ठाउँमा हामीले ८० प्रतिशत खन्याइदिनुपर्ने हुन्छ, त्यसरी खन्याउन हामीले आग्रह गर्‍यौँ, तर हाम्रा मतदाताले हामीलाई मत हाल्न नपाएपछि स्वच्छिकरुपमा मत हालेको देखियो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

आजको प्रमुख समाचार