माओवादीले बेइमानी गरेको एमालेको ठहर

२४ मंसिर २०६९, आईतवार १९:४७ मा प्रकाशित

काठमाडौं, २४ मंसिर । नेकपा एमालेले काँग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीमा अस्वीकार गरेर एकीकृत नेकपा माओवादीले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ ।
एमाले स्थायी कमिटीको आज बसेको बैठकले एकीकृत नेकपा माओवादीको भूमिकाप्रति कडा आपत्ति जनाएको हो । बैठकपछि एमाले उपाध्यक्ष विद्या भण्डारीले पहिले उम्मेदवारी मागेर कोइरालालाइ अस्वीकार गरेर एकीकृत नेकपा माओवादीले राजनीतिक बेइमानी गरेको बताइन ।
अर्का उपाध्यक्ष वामदेव गौतमले मन्त्रिपरिषद विस्तार स्वीकार नहुने बताए । बैठकले केन्द्रीय कमिटीमा रिक्त सदस्य पदपूर्ति गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

आजको प्रमुख समाचार