प्रधानमन्त्रीलाई दश हजार हस्ताक्षर बुझाए भ्रष्टाचार विरोधीहरुले

२४ मंसिर २०६९, आईतवार १९:४१ मा प्रकाशित

काठमाडौं, २४ मंसिर । भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुले भष्ट्रचार नियन्त्रणको माग गर्दै प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई १० हजार हस्ताक्षर बुझाएका छन् । भ्रष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आज हस्ताक्षर बुझाएका हुन ।
भ्रष्टाचार विरुद्घ राष्ट्रिय अभियान नेपाल, असल शासन, प्रो पब्लिक र अनलिमिटेड मिडिया लगायतका संस्थाहरुले प्रधानमन्त्रीका स्वकीय सचिव मार्फत हस्ताक्षर बुझाएको अभियानका संयोजक आरपी पराजुलीले बताए । हस्ताक्षर बुझाउनपूर्व उनीहरुले शान्तिवाटिकादेखि सिंहदरवारसम्म ¥याली समेत निकालेका थिए ।
अभियानले भ्रष्टाचार सम्बन्धी अहिलेसम्मका कानुनहरू भन्दा कडा कानुन निर्माण गरी शसक्त रूपमा जारी गर्नुपर्ने, भ्रष्टाचार सम्बन्धी अनुसन्धान र कार्यर्वाही गर्ने स्वतन्त्र सक्षम एवं प्रभावकारी वृहत् संयन्त्र निर्माण गर्नुपर्ने, पेशेवर राजनीतिको अन्त्य हुनुपर्ने र राज्य संयन्त्रलाई सिस्टम अनुसार सञ्चालन गर्नुपर्ने लगायतका माग राखेको छ ।
भ्रष्टाचार सम्बन्धी अहिलेसम्मका कानुनहरू भन्दा कडा कानुन निर्माण गरी शसक्त रूपमा जारी गर्नुपर्ने, भ्रष्टाचार सम्बन्धी अनुसन्धान र कार्यर्वाही गर्ने स्वतन्त्र सक्षम एवं प्रभावकारी वृहत् संयन्त्र निर्माण गर्नुपर्ने, पेशेवर राजनीतिको अन्त्य हुनुपर्ने र राज्य संयन्त्रलाई सिस्टम अनुसार सञ्चालन गर्नुपर्ने लगायतका माग राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार