मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित

६ जेष्ठ २०७९, शुक्रबार १६:४९ मा प्रकाशित

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् ।

उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७  हजार ४३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा निर्वाचित भएका हुन् । पाँच हजार ९७९ मत गणना बाँकी हुँदा बानियाँले आठ हजार ६०५ मतान्तरले अग्रता बनाएका छन् ।

उनले ३० हजार ३०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २१ हजार मत प्राप्त गरेकी छन् ।

उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता बनाइरहेकी छन् । लामाले २१ हजार २०३ मत प्राप्त गर्दै अग्रता बनाइरहँदा एमालेका उम्मेदवार अनन्त पौडेलले १९ हजार ३२५ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १८ हजार ६२६ मतसहित तेस्रो स्थानमा छन् ।

हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आजै सार्वजनिक गर्ने गरी काम भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार