आगलागीबाट एकको मृत्यु पाँच घाईते

२४ मंसिर २०६९, आईतवार १९:३३ मा प्रकाशित

काठमाडौं, २४ मंसिर । काठमाडौंको स्वयम्भुस्थित डल्लु आवास क्षेत्रमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।
हिजो राति मदन शाहीको घरको पहिलो तलामा आगलागी हुँदा विमला शाहीको जलेर मृत्यु भएको हो । धुँवाले निसास्सीएर घाईते विमलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीमा १७ बर्षीय शिरिष शाही, १८ बर्षीय रिकेश श्रेष्ठ २७ बर्षीया अम्बिका खड्गी, २२ बर्षीय निश्चल श्रेष्ठ र ३७ बर्षीय धर्म शाही घाइते भएका छन् । घाइते मध्ये शिरिष शाही र धर्म शाहीको अवस्था गम्भीर छ ।
दिनेश मर्हजनको बिस्कुट र चाउचाउ गोदामबाट सल्केको आगोले नोक्सानी पुराएको हो । आगलागीबाट २ वटा मोटरसाइकल र गोदाममा रहेका बिस्कुट तथा चाउचाउ जलेर नष्ट भएका छन् । आगलागीबाट करीव २० लाख रुपियाँ बराबरको क्षती भएको छ ।
उता, काभ्रेको कटुन्जे–४ मा कुखुरा फर्ममा आगलागी हुँदा १ सय ८५ वटा कुखुरा जलेर नष्ट भएका छन् ।
कृष्ण गौतमको कुखुरा फर्ममा आज विहान साढे १ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट करीव ४ लाख ५० हजार रुपियाँ बराबरको क्षती भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका