तीतो-सत्यमा राजेश हमाल

११ चैत्र २०६८, शनिबार २१:०९ मा प्रकाशित

काठमाडौ, ११ चैत । पछिल्लो समय सिनेमाको पर्दामा विशेष भूमिकामा समेत छाउन पछि नपर्ने राजेश हमाल अब टेलिभिजनको पर्दाबाट प्रसारण हुने हास्य धाराबाहिक तीतो सत्यमा पनि अतिथि भूमिकामा देखिने भएका छन् ।

यस अघि मेरी बास्सैमा पनि अभिनय गरिसकेका हमालले बैशाख महिना भित्र तीतो सत्य मार्फत दर्शकलाई नयाँ टेष्ट दिदैछन् । तीतो सत्यका निर्देशक दिपक राज गिरीका अनुसार दुई हप्ते यूके भ्रमणका क्रममा महानायकसंग स्टोरी जोडेर तीतो सत्यको कथामा नयाँ टेष्ट भर्न लागिएको हो ।

यो बिषयमा न्यूज बाहिरिएपछी दिपकले भने ‘काम गर्नुभन्दा अघि थाहाँ पाउनु भएछ अब अलिकति सुन्नुस, पशुपतिको जात्रा सिदाको ब्यापार भनेझै हामी कार्यक्रममको सिलसिलामा यूके जाने भएकाले सो समयमा बिदेशमा पलायन भएका कलाकारहरुको प्रसङ्गलाई जोडेर स्क्रिप्ट तयार गरेका छौ जुन तीन एपिसोड सम्म प्रसारण गर्ने लक्ष्य छ ।’ हमालसंग तीतो सत्य टोली आउदौ २८ दुई साताका लागि यूके प्रस्थान गर्दैछ । जहाँ राजेशहमाललाई ट्रान्जिट पोईन्ट बनाएर नेपाली कालकारको विदेश पलायन स्टोरी खिचिने दिपकले जानकारी गराए ।

पब्लिीसिटीको नयाँ योजना अनुरुप पछिल्लो समय सिनेमाका स्टारहरु टेलिभिजनको पर्दाबाट थप चर्चित हुन खोजिरहेका छन् । पहिलो पटक भूवन केसीलाई तीतो सत्यमा उतारेका दिपकले पछिल्लो समय केकी अधिकारी, राजबल्लभ कोईरालालाई पनि आफ्नो श्रृङखलामा अटाएका छन् । जस मध्ये स्पेशल भूमिकामा खेलेका बल्लभको एपिसोड अनएयर हुन बाँकी छ ।

नेपाली सिनेमामा सक्रिय भैरहेको अवस्थाबाट विदेश पलायन भएका दर्जनौ कलाकार छन् । के कारणले उनीहरु विदेश बस्न बाध्य भए र कस्तो अवस्थामा छन् भन्ने बिषयलाई राजेश हमाल खेल्ने स्क्रिप्टमा बाध्ने प्रयास तीतो सत्यमा दिपकले गर्दैछन् जुन निकै हेर्नलायक हुने उनी विश्वास ब्यक्त गर्छन । (फिल्मीखबर)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु

भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र