राष्ट्रपतिलाई दबाव दिन जनता जाग्नुपर्ने उपराष्ट्रपतिको आग्रह

२४ मंसिर २०६९, आईतवार १५:३७ मा प्रकाशित

काठमाडौं, २४ मंसिर । उपराष्ट्रपति परमानन्द झाले मुलुकको निकासको लागि राष्ट्रपतिलाई थप कदम चाल्न नेपाली जनता जागेर ब्याक सपोर्ट गर्नु पर्ने आवश्यकता औंल्याएका छन् । ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’ अभियानअन्र्तगतको विशेष साक्षात्कारमा उनले भने– ‘अहिले नै राष्ट्रपतिले थप केही गर्न सक्ने अवस्था छैन । राष्ट्रपतिले जे गर्न सक्नुहुन्थ्यो त्यो उहाँले गरिरहनुभएको छ । अब गाँउ–गाँउबाट जनता जागेर राष्ट्रपतिलाई निकासको लागि थप कदम चाल्न ब्याकफोर्सको रुपमा काम गर्नुपर्छ ।’
उपराष्ट्रपति झाले राष्ट्रपतिले केही गर्न सकेनन् भनेर अहिले नै भन्ने अवस्था नआएको भन्दै जनताले समर्थन गर्दा पनि गरेनन् भने चाहिँ नेपाली जनता र नागरिक समाजले गाँउ–गाउँबाट ब्याक फोर्स दिनुपर्छ । निकासको लागि राष्ट्रपतिले सामथ्र्य लगाए पनि त्यसले अन्तरिम संविधानको धारा ३८ को १ भन्दा अघि बढ्न नसक्ने अवस्था भए पनि राष्ट्रपतिको कदमले दलहरलाई एकै ठाँउमा बस्ने बातावरण भने निर्माण गरेको दावी गरे ।
उनले सर्वोच्च अदालतले अब राष्ट्रपतिको संविधानको संरक्षक र पालकको रुपमा गरेको ब्याख्या गरेर त्यसभित्र के के पर्छ भनेर स्पष्ट पार्नु पर्ने अवस्था आएको भन्दै त्यसको दलैपिच्छेको अलग अलग ब्याख्या हुँदा मुलुक झनै अन्यौलतामा फस्दै गएको टिप्पणी गरे । झाले भने–संरक्षक र पालक भित्र के के पर्छ भनेर सर्वोच्चले ब्याख्या गर्यो भने सबैको मुखमा बुझो लाग्छ ।
पछिल्लो समयमा नेताहरुको अवस्था पनि उदाङगिदै गएको दावी गर्दै उनले नेपाली जनताले भोट दिएर बनाएका नेताहरुले जनताको भन्दा पनि नेताको मात्रै नेपाल बनाएकोले समस्या आएको आरोप लगाए । उनले भने– ‘नेताहरुको सोचमा परिवर्तन आउनु पर्छ । अहिले घाँटी घाटीसम्म पानी पुगेको छ । जनताले सहि रहेका छन् । अब नाक मुख नै डुबेपछि बच्न जनताले पनि हात खुट्टा चलाउन सक्छ, त्यसबेला कठिन हुन्छ नेताहरुको लागि ।
उपराष्ट्रपति झाले राजनीतिक दलका नेताहरुलाई बहिस्कार गर्न पत्रकारहरुलाई आब्हान गर्दै पत्रकारले विहान, दिउँसो र बेलुका बोली फेर्ने नेताहरुलाई महत्व दिएकोले नै समस्या झनै गाँठो पर्दै गएको आरोप लगाए । उनले भने– ‘तपाईहरु राजनीतिक दलका नेताहरुलाई ईम्पोर्टटेन्ट नदिनुस्, पत्रपत्रिकामा १५ दिनसम्म उनीहरुको कुरा नछापेर प्रोटेष्ट गर्नुस् ।
कुन कुन दलको कुन कुन अडानका कारण सहमति हुन नसकेको हो भन्ने कुरा छर्लङ भइसकेको भन्दै दलहरुको अडानको समेत एउटा निश्चित सीमा हुने चेतावनी दिए । उनले भने–दलहरुको दलहरुको ब्यवहारले पराकाष्टा नाघिसक्यो । अब धेरै दिन ढाक छोप गरेर केही पनि छुप्ने वाला छैन ।
सरकारले ल्याएका राजनीतिक प्रकृतिका कुनै पनि विद्येयक राष्ट्रपतिले स्विकार गर्न नहुने स्पष्ट पार्दै उपराष्ट्रपति झाले सविधानको धारा १५८ धेरै पटक प्रयोग गर्न नहुने भएकोले राष्ट्रपतिले सबै विषय प्याकेजमै सहमति गरेर ल्याउन भनेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने

विराटनगर।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन । कांग्रेस पार्टी कार्यालय मोरङमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका