सुरुङ युद्ध लड्छौँ भन्नेहरु गद्दार निस्किए : माओवादी प्रवक्ता भुसाल

२४ मंसिर २०६९, आईतवार १५:१३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २४ मंसिर । नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले अहिलेको नेतृत्व र दलहरु रहेसम्म जतिपटक संविधानसभाको चुनाव गराए पनि संविधान नलेखिने बताउनुभएको छ ।

नेकपा–माओवादी अर्घाखाँचीका पहिलो जिल्ला सम्मेलनको सदरमुकाम सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले विवाद समाधान उपसमितिका नाममा संविधानसभालाई आफ्नो गन्तव्यमा जान नदिई बन्दक बनाउने र मध्यरातमा संविधानसभाको अवसान गराउने असफल तिन दलको नेतृत्व हाबी रहेसम्म कहिल्यै संविधान नलेखिने बताउनु भयो ।
भुसालले प्रधानमन्त्री भट्राई, एमाओवादी अध्यक्ष प्रचण्ड, नेपाली काग्रेस, एमाले र मधेशी मोर्चाका कारण संविधानसभाको विघटन भएको जिकिर गर्दै तिनै दलहरुले पुनः संविधानसभाको निर्वाचनको कुरा गर्नु हास्यास्पद भएको बताउनु भयो । राष्ट्रपति यादवले असफल दलहरुलाई सहमतिको प्रधानमन्त्री तय गर्न समय निर्धारण गर्नु गलत भएको दावी गदै दोस्रो पटक थपिएको समय अवधिमा पनि दलहरुले सहमतिका प्रधानमन्त्री दिन नसक्ने उहाँको भनाई छ । ८३ दल भएको मुलुकमा ४ दललाई मात्रै सहमतिको प्रधानमन्त्री ल्याउ भन्नु नै राष्ट्रपतिको गम्भिर भूल भएको भन्द उहाँले अगाडी भन्नुभयो – ‘विघठित संविधानसभामा ९१ सिट रहेका आफ्नो पार्टीको सहमतिविना गरिने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई मान्य हुने छैन । वर्तमान सरकारका कारण इतिहासमै मुलुकको राष्ट्रियता गम्भिर संकटमा परेको बताउँदै भुसालले राष्ट्रिय स्वाधीनताका लागि सुरुङ युद्ध लड्छौँ भन्नेहरुले नै राष्ट्रप्रति गद्दारी गरेको आरोप लगाउनुभयो ।
पार्टीको माहाधिवेशन पछि राष्ट्रिय स्वाधिनताको पक्षमा आन्दोलन गर्ने चेतावनी दिदैँ उहाँले भन्नुभयो– ‘जनताको शान्तिपूर्ण आन्दोलन रोक्ने कसैले दुषसाहास गरे त्यसको परिणाम गम्भिर हुने छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।