५५५ पालिकाको मत परिणाम : कांग्रेस २४८, एमाले १५७ र माओवादी १०२ वटामा विजयी

५ जेष्ठ २०७९, बिहीबार १६:१६ मा प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । आज (बिहीबार) दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

 

निर्वाचन आयोगका अनुुसार अहिलेसम्म नेपाली कांग्रेस २४८ स्थानीय तहका नेतृत्वमा विजयी भएको छ । कांग्रेसले १६३ गाउँपालिकाका अध्यक्ष र ८५ नगरपालिकाका प्रमुख पद जितेको हो । यस्तै, नेकपा (एमाले) ले १५७ स्थानीय तहका प्रमुख जितेको छ । एमालेले १०७ गाउँपालिकाका अध्यक्ष र ५० नगरपालिकाका प्रमुख पद जितेको हो ।

नेकपा (माओवादी केन्द्र) ले ८६ गाउँपालिकाका अध्यक्ष र १६ नगरपालिकाका प्रमुखसहित १०२ स्थानीय तह जितेको छ । आयोगका अनुसार अहिलेसम्म जनता समाजवादी पार्टी (जसपा) नेपालले १४ वटा गाउँपालिकाका अध्यक्ष पद जितेको छ ।

एकीकृत समाजवादीले ६ वटा पालिकाको मेयरमा जित हासिल गरेको छ । १८ गाउँपालिकाका अध्यक्ष र १० नगरपालिकाका प्रमुखमा अन्य पार्टी र स्वतन्त्र विजयी भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका