बालेनलाई ११,२०४ मतको अग्रता

५ जेष्ठ २०७९, बिहीबार १६:१४ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।

पछिल्लोपटक प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले ११ हजार २०४ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका हुन् । शाहले २३ हजार ५८४ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापितले १२ हजार ३८० तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन् ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। अहिले भएका सबै वडामा बालेनले अग्रता कायमै राखेका छन्। वडा नम्बर १, २, ३ र ५ को मत गणना भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेनको सेनाले आफ्नो पूर्वी सहर लिसिचान्स्क अब रुसी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । ‘युक्रेनी रक्षा बलहरू

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

आजको प्रमुख समाचार