सरकारी निर्णय कार्यान्वयनमा ढिलाइ

२४ मंसिर २०६९, आईतवार १२:०६ मा प्रकाशित

काठमाडौं, २४ मंसिर । केन्द्रीय बालकल्याण समितिको कार्यकारी निर्देशकमा नियुक्त मनोजकुमार कँडेलले एक साता बित्दा पनि कार्यभार सम्हाल्न पाएका छैनन् । बालबालिकाको क्षेत्रमा लामो समय काम गरेका व्यक्तिलाई सरकारले कार्यकारी निर्देशक बनाएको भन्दै सरोकारवालाले स्वागत गरे पनि कँडेलले जिम्मेवारी सम्हाल्न ढिलाइ भएको हो । सरकारले १४ मंसिरमा बालबालिकाका निम्ति गैरसरकारी संस्था महासंघका महासचिव रहेका कँडेललाई समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
राजनीतिक चलखेलका कारण कँडेलले समितिको जिम्मेवारी सम्हाल्ने काममा ढिलाइ भएको हो । राजनीतिक दलनिकट व्यक्तिलाई मात्र नियुक्त गर्ने परम्परा तोड्दै यसपटक बालबालिकाकै क्षेत्रमा कार्यरतलाई कार्यकारी निर्देशक बनाइएपछि राजनीतिक चलखेल भएको स्रोतको दाबी छ । यसअघि एमाओवादी नेता लीलामणि पोखरेलका जेठान धर्मराज श्रेष्ठ कार्यकारी निर्देशक थिए । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय स्रोतका अनुसार श्रेष्ठलाई नै पुन: जिम्मेवारी दिन दौडधूप भएको थियो ।
समितिलाई राजनीतिक नियुक्तिको अखडा बनाउन चाहने केही व्यक्तिले आºनोबारे प्रचारबाजी गरिरहेको दाबी गर्दै कँडेलले आफूले गलत काम नगरेको बताए । ‘केही व्यक्ति हुँदै नभएका कुरालाई कथा बुनेर मेरो चरित्रहत्या गरिरहेका छन्,’ उनले भने, ‘मैले बालबालिकाको हितमा वकालत गर्दै आएकाले बालबालिकाको नाम भजाएर खान पल्केकाहरू गलत प्रचारबाजीमा लागिरहेका हुन् ।’ ०५० सालदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।
महिला तथा बालबालिकामन्त्री बद्रीप्रसाद न्यौपानेले लामो प्रयासपछि समितिको कार्यकारी निर्देशकमा बालबालिकाकै क्षेत्रमा कार्यरत कँडेललाई नियुक्त गरिएको बताए । कानुनी तथा बालबालिकाको क्षेत्रका ज्ञान भएका व्यक्तिलाई जिम्मेवारी दिँदा बालबालिकाको हितमा काम हुने मन्त्री न्यौपानको भनाइ छ ।
महासंघका पूर्वअध्यक्ष प्रचण्डराज प्रधानले लामो समयपछि समितिले सक्षम व्यक्ति पाएको प्रतिक्रिया दिए । भने, ‘समितिलाई चाहिने व्यक्तिलाई सरकारले नियुक्त गरेको छ, कँडेल बालबालिकाको क्षेत्रमा निकै पहिलेदेखि काम गरेका व्यक्ति भएकाले उनको कार्यकाल सफल हुनेमा म विश्वस्त छु ।’
बालअधिकारकर्मी समीर नेपाल, समितिकै पूर्वकार्यकारी निर्देशक दीपक सापकोटाले समितिले सक्षम व्यक्ति पाएको प्रतिक्रिया दिँदै बालबालिकाको क्षेत्रमा गर्न बाँकी धेरै काम पूरा हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार