५५० स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ?

५ जेष्ठ २०७९, बिहीबार १२:०० मा प्रकाशित

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ५५० वटामा मतगणना कार्य सकिएको छ ।

हालसम्म प्राप्त अन्तिम मतपरिणाममध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।कांग्रेसले हालसम्म २५३ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ ।

स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित हुने दोस्रो ठूलो संख्या नेकपा एमालेका उम्मेदवारको छ । एमालेका उम्मेदवार हालसम्म १५२ स्थानमा विजय भइसकेका छन् ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले हालसम्म १०२ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म १३ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

अन्य दल र स्वतन्त्र उम्मेदवारले १८ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका