धरानका सम्पूर्ण निजी शिक्षण संस्था बन्द

२४ मंसिर २०६९, आईतवार १२:०४ मा प्रकाशित

धरान, २४ मंसिर । सेवासुविधा बढाउनुपर्ने, शिक्षकहरुलाई स्थायी बनाउनुपर्ने लगायतका २२ सूत्रीय आफ्ना माग राख्दै धरानका सम्पूर्ण निजी विद्यालय तथा प्लस टु बन्द गराएका छन्।
निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियनको आवाह्नमा विद्यालय बन्द गरिएके हो । उनीहरले आफ्ना मागहरु पूरा नगरेकाले बाध्य बन्दा सैक्षिक संस्था बन्द गर्नु परेको प्रतिक्रिय दिएका छन् । विद्यालयहरु नखुल्दा त्यहाँका हजारौं विद्यार्थीहरु आज पढाइबाट बञ्चित भए।
गत साउन महिनामा प्याब्सन र एन प्याब्सनलाई २२ बुँदे माग पेश गरे पनि सम्बोधन गर्न उदासिन रहेकोले आज सांकेतिक रुपमा विरोधस्वरुप धरानका निजी विद्यालय र प्लस टु बन्द गराएको निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु)का जिल्ला सचिव सन्तोष कोइरालाले बताए।
यति समय बितिसक्दा पनि अहिलेसम्म हाम्रो एउटा मात्रै माग सम्बोधन भएको छ, अन्य मागहरु सम्बोधन गर्न प्याब्सन र एन प्याब्सनले वेवास्ता गरेकोले आज सांकेतिक बन्द गराएका हौं कोइरालाले भने।
प्याब्सुका अनुसार निजी विद्यालयका सञ्चालकहरुले शिक्षकहरुको बर्षे विदाको मागलाई मात्र अहिलेसम्म पुरा गरिदिएको छ। अन्य माग सम्बोधन गर्न छाडेर सञ्चालकहरुले सरकारले दिएको स्थानीय विदाको दिनमा पनि विद्यालय सञ्चालन गर्न थालेपछि पनि दबाबस्वरुप पुनः आन्दोलन गर्न बाध्य भएको उनको भनाई छ।
प्याब्सनका जिल्ला उपाध्यक्ष नरबहादुर थापाले भने प्याब्सुको मागको बिषयमा केही महिनाअघि वार्ता भएको र पुनः पछि वार्तामा बस्ने भनिएपनि त्यसयता वार्ता नै हुन नसकेको बताए। ु

प्रतिक्रिया
सम्बन्धित खवर

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

आजको प्रमुख समाचार