एन्फाका पूर्वअध्यक्ष थापालाई फिफाको चेतावनी

५ जेष्ठ २०७९, बिहीबार ०७:२५ मा प्रकाशित

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ ।

फिफाले बुधबार थापामाथिको प्रतिबन्धको स्मरण गराउँदै फिफाका अधिकृत मुख्य केनी जिन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका हुन् ।

‘विवादित प्रतिबन्ध रहेसम्म फिफा एन्फा र यस सम्बन्धित सदस्यहरुले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारको (व्यवस्थापकीय, खेल वा अन्य) फुटबल गतिविधिमा संलग्न हुन नदिने अपेक्षा गर्दछ,’ फिफाको पत्रमा उल्लेख छ ।

पत्रमा फिफाले एन्फालाई निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिर्पोट गर्न भनेको छ ।

यसअघि फिफाको सन् २०१५ मा नैतिक कमिटिको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने, लिने र घुसखोरी र भ्रष्टचार गरेका भन्दै १० वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेका थियो ।

गत हप्ता थापाले पत्रकार सम्मेलन गर्दै आफूविरुद्ध हालका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लगाएको १४ आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेनको सेनाले आफ्नो पूर्वी सहर लिसिचान्स्क अब रुसी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । ‘युक्रेनी रक्षा बलहरू

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

आजको प्रमुख समाचार