जसपा-एमाले गठबन्धनलाई हराउँदै गोरखाको पालुङटारमा माओवादी विजयी

५ जेष्ठ २०७९, बिहीबार ०७:०५ मा प्रकाशित

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् ।

सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका उम्मेदवार चिन्तन नेकपा एमालेको साथ पाएका जनता समाजवादी पार्टीका मेयर उम्मेदवार प्रेमबहादुर गुरूङलाई पाखा लगाउँदै प्रमुखमा विजयी भएका हुन् । चिन्तनले ६ हजार ७२ मत पाउँदा गुरूङले ५ हजार ७१७ मत पाए ।

निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलले भने ४ हजार ९९७ मत मात्रै पाए ।

त्यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्र नै विजयी भएको छ । माओवादी उम्मेदवार बन्दना पाण्डे ५५७९ मतसहित उपप्रमुखमा निर्वाचित भएकी छन् । कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन् । जसपा-एमाले गठबन्धनबाट उपमेयर उम्मेदवार एमालेकी पार्वती पाठकले जम्मा ४ हजार २८१ मत ल्याइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार

काठमाडौँ । युक्रेनको सेनाले आफ्नो पूर्वी सहर लिसिचान्स्क अब रुसी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । ‘युक्रेनी रक्षा बलहरू

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

आजको प्रमुख समाचार