लखनउ प्लेअफ पुग्ने दोस्रो टिम

५ जेष्ठ २०७९, बिहीबार ०७:०३ मा प्रकाशित

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

बुधबार राति जितसँगै प्लेअफ पुग्ने लखनउ दोस्रो टिम बन्यो । यसअघि नयाँ टोली गुजरात टाइटन्स प्लेअफमा स्थान बनाएको छ ।

मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए । नितिश रानाले ४२ तथा रिन्कु सिंहले ४० रनको योगदान गरे ।

लखनउका मार्कुस स्टोनिस र मोसिन खानले ३-३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २१० रनको विशाल योगफल खडा गरेको थियो । लखनउका ओपनर क्विन्टन डी ककले अविजित १४० रन बनाए । अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रन बनाए ।

जितसँगै लखनउले १४ खेलबाट १८ अंक जोडेको छ । कोलकाता १२ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओन्टारियोलाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल