
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शृंखला लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकासम्मिलिन त्रिदेशीय शृंखला अमेरिका मै हुने तालिका छ । लिग २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको ओमानले ३२ खेलबाट ४० अंक जोड्दा पाँचौ स्थानको अमेरिकाले १६ खेलबाट १४ अंक जोडेको छ ।
नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किसोर महतो, सागर ढकाल ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको
काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको
काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्याएर