मत पाउने एउटा, विजयी हुने अर्कै

५ जेष्ठ २०७९, बिहीबार ०६:३० मा प्रकाशित

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् । एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर राईको मतबाट एमालेकै खुला सदस्यका उम्मेदवार रतनबहादुर खत्री विजयी भएका हुन् । आफ्नो नामको अंग्रेजी बर्णानुक्रम अनुसार प्राप्त हुने चुनाव चिन्ह बारे स्पष्ट नहुँदै चुनावी मैदानमा उत्रिएकाले राईको मतबाट खत्री विजयी भएका हुन् ।

नामको सुरुको अक्षरको अंग्रेजी बर्णानुक्रम अनुसार रतनबहादुरले चुनाव चिन्ह एक सुर्य र ज्ञानबहादुरले दुई सुर्य पाउनुपर्ने हो । तर निर्वाचन आयोगको मतदाता सुचीमा ज्ञानबहादुरको नाम ग्यानबहादुर भएकाले उनलाई निर्वाचन अधिकृतको कार्यालयले एक सुर्य चुनाव चिन्ह उपलव्ध गरायो । वर्णानुक्रममा ग्यानबहादुरभन्दा पछि आउने भएकाले रतनबहादुरलाई दुई सुर्य चिन्ह प्रदान गर्‍यो । तर उनीहरुले निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको चुनाव चिन्हका बारेमा ख्याल गरेनन् ।

र’ र ‘ज्ञा’को वणानुक्रम अनुसार रतनबहादुरले एक सुर्य र ज्ञानबहादुरले दुई सुर्य चिन्ह पाएकोमा दुबै ढुक्क थिए । रतनबहादुरले एउटा सुर्य चिन्ह देखाउँदै भोट मागे । ज्ञानबहादुरले पनि दुई सुर्य देखाउँदै दिनरात नभनी चुनावी घरदैलोमा खटिए । उनीहरु एकले अर्कालाई भोट मागेको पत्तै भएन । ३० बैसाखमा मतदान भए । मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएपछि भने ज्ञानबहादुर खंग्रङग भएका छन् ।

ज्ञानबहादुरले मागे अनुसार दुई सुर्यमा ४८५ मत र रतनबहादुरले मागेको एक सुर्यमा ३९७ मत प्राप्त भयो । मतको आधारमा दुई सुर्यवाला उम्मेदवार विजयी भए । निर्वाचन अधिकृतको कार्यालयले ‘र’ र ‘ग्या’को वणानुक्रम अनुसार दुई सुर्य चिन्हका रतनबहादुर बिजयी भएको भन्दै अन्तिम नजिता सार्वजनिक गरे । दुई सुर्यमा मत मागेका ज्ञानबहादुर भने मत पाएर पनि हार्न पुगे । उनको मतले रतनबहादुर बिजयी बन्न पुगेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा पनि रतनबहादुरले दुई सुर्य र ज्ञानबहादुरले एक सुर्य चिन्हमा लडेको उल्लेख छ । ज्ञानबहादुरलाई अन्य दलका मतदाताले समेत मत दिएका थिए । ज्ञानबहादुरलाई मत गएपछि सो वडामा गठबन्धन (माओवादी केन्द्र)का वडा सदस्यका उम्मेदवार बिमल लामा पराजित भएका छन् । लामाले ४०१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मत साटिएर फरक नजिता आएपछि ज्ञानबहादुर र रतनबहादरबीच बिवाद भएको छ । बुधबार उनीहरुबिचमा हात हालाहाल समेत भएको छ । नवनिर्वाचित वडाध्यक्ष र प्रहरीले दुई पक्षको विवाद मिलाउन सहजीकरण गर्नुपरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर