च्याङ्ग्रा बेचरै १५ करोड कमाइ

२४ मंसिर २०६९, आईतवार ११:५६ मा प्रकाशित

म्याग्दी, २४ मङ्सिर । मुस्ताङका कृषकले यस वर्ष च्याङ्ग्रा बिक्री गरेर रु १५ करोड आम्दानी गरेका छन् । व्यावसायिक च्याङ्ग्रापालनमा आबद्ध उपल्लो मुस्ताङका कृषकले दसैँको समयमा १५ हजार च्याङ्ग्रा बिक्री गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् ।
दसैँ र तिहारमा छिमेकी देश चीनबाट भेडाच्याङ्ग्रा आयात गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै केही वर्षदेखि उपल्लो मुस्ताङको सुर्खाङ, छोसेर, घमी, चराङ र छोन्हुप गाविसका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गर्दै आएका छन् ।
जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्राविधिक आइतबहादुर थापाले यस वर्षको दसैँमा मुस्ताङ हुँदै ३५ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न भागमा पुगेको जानकारी दिए । त्यसमध्ये १५ हजार च्याङ्ग्रा मुस्ताङका कृषकले बिक्री गरेका हुन् ।
पाँच गाविसमा व्यावसायिक च्याङ्ग्रापालन सुरु गरिएपछि चीनबाट च्याङ्ग्रा कम मात्रै भित्रिएको छोसेरका कृषक शङ्कर गुरुङले बताउनुभयो । अघिल्लो वर्ष पाँच गाविसमा गरी ४८ हजार १२२ च्याङ्ग्रा र तीन हजार ६०१ वटा भेंडा रहेको तथ्याँक जिल्ला पशुसेवा कार्यालयले दिएको थियो । पशुसेवा कार्यालयका प्राविधिक थापाले गत वर्ष १९ हजार च्याङ्ग्रा बिक्री भएको जानकारी दिए ।
म्याग्दी, बागलुङ, पर्वत र कास्कीका फुटकर व्यापारीले कृषकबाट प्रति च्याङ्ग्रा दश हजारमा खरिद गरेर उपभोक्तालाई रु १२ देखि १५ हजारमा बिक्री गरेका थिए । अघिल्लो वर्ष भन्दा कम च्याङ्ग्रा बिक्री भएपनि मूल्य बढेकाले राम्रो आम्दानी भएको छोसेरका कृषक शंकरले बताए

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार