भक्तपुर सूर्यविनायक नगरपालिकाको प्रमुख-उपप्रमुखमै एमाले विजयी

५ जेष्ठ २०७९, बिहीबार ०६:१८ मा प्रकाशित

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार सूर्यविनायक नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार वासुदेव थापा विजयी भएका हुन् । उनले १४ हजार ७५८ मत ल्याई विजयी भएका छन् ।

 

थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार निशान ढुंगेललाई १,५२६ मतान्तरले पराजित गरेका हुन् । पराजित निशान ढुंगेलले १३ हजार २३२ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा एमालेकै सरिता भट्टराई (तिमिल्सिना) विजयी भएकी छन् । उनले १४ हजार ४९० मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामसुन्दर बस्नेतले ६,६६१ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका