गठबन्धनलाई हराउँदै घोराही उपमहानगरको मेयर-उपमेयर दुबैमा एमाले विजयी

५ जेष्ठ २०७९, बिहीबार ०६:१७ मा प्रकाशित

दाङ । दाङको घोराही उपमहानगरपालिमा मेयर र उपमेयर दुवै पदमा एमालेले जितेको छ । सत्ता गठबन्धनलाई हराउँदै मेयरमा एमालेका नरुलाल चौधरी विजयी भएका हुन् ।

 

चौधरी ३१,७२८ पाएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६,३६८ मत पाएका छन् । चौधरीले शर्मालाई पाँच हजार ३६० मतान्तरले हराएका हुन् ।

उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसीले ३०,४०३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका भूपबहादुर डाँगीले ३०,३५४ मत पाएका छन् । यस उपमहानगरपालिमा गठबन्धन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका