काठमाडौँ महानगरमा बालेनले कटाए १५ हजार मत

४ जेष्ठ २०७९, बुधबार ०७:२७ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँका अनुसार अहिलेसम्म शाहले १५ हजार ४०२ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका केशव स्थापित ७ हजार बढी मतले पछि छन् । उनले ८ हजार २२८ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ७ हजार ११४  मत प्राप्त गरेकी छन् ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ५, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अति भएको भन्दै सरकारको विरोध गरेका छन् । प्रतिनिधि

पोखरा । ‘कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् । कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन्

काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन् । आइतबारदेखि काठमाडौंमा सुरु

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेका छन् । गृहमन्त्रालयमा आज बिहान भएको